धादिङ १३ वैशाख
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा(माओवादी केन्द्र धादिङले जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा गठबन्धनबाट दिपक विश्वकर्मालाई उप–मेयरमा उम्मेद्वारी उठाएको छ ।
सत्ता गठबन्धन दलबाट मेयरमा कांग्रेसबाट भिम ढुङ्गानाले उम्मेद्वारी दिएका थिए भने उप–मेयरमा विश्वकर्मालाई माओवादीले टिकट दिएको हो । वडा तहसम्मै तालमेल गर्ने भनिएता पनि प्रमुख र उप–प्रमुखमा मात्र गठबन्धन गर्दै सत्ता गठबन्धनमा रहेका दलहरुले वडामा एक्ला एक्लै उम्मेद्वारी दिएका छन् ।
नेकपा( माओवादी केन्द्रबाट उप–मेयरमा दिपक विश्वकर्मासँगै १४ वटै वडामा वडा अध्यक्षसहित सदस्यहरुले उम्मेद्वारी दिएका छन् ।
जसअनुसार
वडा नं. १ मा गणेश गुरुङ
वडा नं. २ मा ध्वज बहादुर गुरुङ
वडा नं. ३ मा नारायण कुमार श्रेष्ठ
वडा नं. ४ मा रामहरि श्रेष्ठ
वडा नं. ५ मा राम बहादुर श्रेष्ठ
वडा नं. ६ मा लक्ष्मण रम्तेल
वडा नं. ७ मा मेघराज पोखरेल
वडा नं. ८ मा वद्रि प्रसाद सुवेदी
वडा नं. ९ मा भक्त रेग्मी
वडा नं. १० मा कुमार थापा
वडा नं. ११ मा चन्द्र बहादुर लम्साल
वडा नं. १२ मा नवराज मजाकोटी
वडा नं. १३ मा प्रेम गुरुङ
वडा नं. १४ मा नवराज दुवाडी रहेका छन् ।
वडा नं. १ का अध्यक्ष गणेश गुरुङ, २ का अध्यक्ष ध्वज बहादुर गुरुङ र वडा नं. ५ का अध्यक्ष राम बहादुर श्रेष्ठ अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस