धादिङ २२ चैत्र
हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपि ओलीले एमाले प्रवेश गराएका धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी पुनः नेकपा(माओवादी केन्द्र)मै फर्किएका छन् । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश सदस्य समेत रहेका डल्लाकोटीलाई हिजो मात्रै एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा खादा र माला लगाएर एमाले प्रवेश गराएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा विजयी डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए ।
डल्लाकोटीले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्,“आफू क्षणिक आक्रोस र आवेगमा आइ राजनैतिक रुपमा गम्भीर गल्ती गर्न पुगेको कारण समग्र पार्टी पङ्तिमा पर्न गएको क्षतिप्रति आत्मआलोचित हुँदै आगामी दिनमा नेकपा(माओवादी केन्द्र) मा रही पार्टीको निर्णय अनुसार क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
डल्लाकोटीले जारी गरेको विज्ञप्ती
प्रतिक्रिया दिनुहोस