कृष्ण बहादुर लामिछाने
गोरखा ०३ पौष
सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमसेनथापा गाउँपालिका वडा नं. ३ तान्द्राङ गोरखाको १६ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाकै अवसरमा सेयर सदस्यका छोराछोरी मध्ये एसईई परीक्षामा उतीर्ण हुने छात्र सुरज खनाल, छात्रा एलिजा सिंखडा र उत्कृष्ट बालबचतकर्ता सजिना खनालका साथै असल ऋणी बेली बरामलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका व्यवस्थापक सुनिता पाण्डेले सहकारीको आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भिमसेन थापा गाउपालिकाका अध्यक्ष ईश्वर पाण्डेले १ वडामा १ सहकारी प्रवद्र्धन गर्नको लागि आवश्यक व्यवसायिक तालिमको व्यवस्था गाउपालिकाले गर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष बद्रि प्रसाद लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र सेयर सदस्यहरुको सहभागिता रहेको थियो । उक्त सहकारीमा ५ सय ५८ सेयर सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस