धादिङ ०३ पौष
शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था, धादिङको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तको अध्यक्षतामा भएको साधारण सभामा नेकपा(माओवादी केन्द्र) धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी अध्यक्ष शम्भु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको उक्त सहकारी २०६७ सालमा स्थापना भएको हो । हाल ३ सय २८ जना पुरुष र २ सय ५ जना महिला गरी कुल ५ सय ३३ जना सेयर सदस्य रहेको उक्त सहकारीको सेयर पूजी २९ लाख ४९ हजार ५ सय रहेको छ भने कुल सम्पत्ति तथा जायदात १ करोड ६६ लाख ८६ हजार ३ सय २४ रहेको छ ।
संस्थाले गत आर्थिक वर्षमा १ लाख ३ सय ८७ नाफा समेत गरेको कोषाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस