धादिङ २३ मङ्सिर
धादिङमा पहिलो पटक जिल्ला स्तरीय डोरीतान प्रतियोगिता हुन लागेको छ । नेपाल डोरी तान संघ धादिङले विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
यही पौष २ गते हुने प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने जिल्ला अध्यक्ष अमृत तामाङले जानकारी दिनुभयो । एक टिममा ८ जना खेलाडी रहन पाउने प्रतियोगितामा खेलाडीहरुको कुल तौल ४८० केजी भन्दा बढी हुन नपाइने अध्यक्ष तामाङले बताउनु भयो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने बताईएको छ । नेपालको राष्टिय खेलको मान्यता पाएको डोरीतान खेल राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको भएको छ ।
प्रतिक्रिया दिनुहोस