धादिङ २१ मङ्सिर
धादिङका प्रहरी प्रमुख राजेश सिंहले प्रविधिमैत्री अपराध अनुसन्धानमा जोड दिने बताउनु भएको छ ।
केही दिन अघि धादिङ प्रहरी प्रमुखको रुपमा नेतृत्व गर्न आउनुभएका एसपी सिंहले अपराध अनुसन्धान, लागु औषध नियन्त्रण, मानव अधिकारको संरक्षण सर्वद्धनमा जोड, महिला बालबालिका तथा जेष्ठ नागरिकको समस्या समाधानमा सम्बेदनशील बन्ने, लागु औषध नियन्त्रण लगायतका विषयहरुमा प्राथमिकता दिने सिंहले बताउनु भयो ।
मङ्गलबार पत्रकारहरुसँग कुराकानी गर्दै सिंहले राजमार्ग क्षेत्रमा हुने दुर्घटना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गाजा अफिम, जाँड रक्सी, महिला हिंसा न्यूनीकरण, मानवअधिकार सुनिश्चित लगायतका विषयलाई प्राथमिकता राख्ने सिहंको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस