साहित्यको नविनतम काव्य प्रविधा धादिङे चेलि शर्मिला तिमल्सिनाको अक्षता र अम्बिका धितालको अक्षय बाछिटा कृतिको विमोचन गरिएको छ । बाछिटा प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राधयापक डा। हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा बाछिटा कृतिका विमोचन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रा.डा. पौडेलले ११ एघार अक्षरको संरचनामा निर्माण भएको बाछिटा विधालाई प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्न पहल गर्ने बताउनुभएको छ । तिमल्सीनाले लेख्नुभएको अक्षता नामक बाछिटामा ३ सय ६० बाछिता संग्रहित छ ।
बाछिटा प्रबद्र्धक अमर त्यागीले बाछिटा विधा शुरु भएको छोटो समयमा नै आशा गरे भन्दा बढि बाछिटाकारहरुको उदय भएको र सो विधा प्रतिकात्मक र बिम्बात्मक हुनु पर्ने बताउनुभएको छ ।
अक्षता कृतिका स्रष्टा धादिङको गजुरी गाउँपालिकाकी शर्मिला तिमल्सिनाले बाछिटा लेख्ने महिलाहरुको संख्या बढि भए पनि कृति समावेशमा भने महिलालाई शून्य सिटमा समेत राखिएको तीतो यथार्थ र उपल्लो दर्जामा समेत महिला न्यून रहेकोमा दुःख व्यक्त गर्नुभयो । कानून अनुसार महिलाहरुलाई सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।
समारोहमा शेष पौडेल, नारायण गैरे, चेतनाथ धमला, खगेन्द्र बस्याल, विष्णु भट्टराइले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
फोटो स्रोत : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस