धादिङ १५ कार्तिक
बजार अनुगमनको नाममा व्यवसायीहरुलाई अनावश्यक दुःख दिएको भन्दै धादिङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।
“जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाइमा भैरहेको बजार अनुगमनले मूल्य नियन्त्रण र गुणस्तरीयतालाई सुनिश्चित गर्न सहयोग पुगिरहेता पनि पछिल्लो समय अनुगमनका नाममा व्यवसायीहरुको मनोबल खस्किने गरी अनावश्यक झमेला सिर्जना गर्ने, न्युनतम मानवीय संयमता समेत ख्याल नगरी व्यवसायीहरुको समस्या सुन्न नचाहने र ग्राहकहरुमा समेत नकारात्मक असर परेकाले बजार अनुगमनलाई मर्यादित र व्यवसाय केन्द्रित बनाउन ध्यानाकर्षण गराउन चाहन्छौँ ।” धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पछिल्लो समय सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाभर नियमित रुपमा बजार अनुगमन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस