धादिङ ०९ कार्तिक
धादिङबेसीको मूल चोकमा सञ्चालनमा आएको मिलन डेन्टल क्लिनिकमा डिजिटल एक्स–रे मेसिन सञ्चालनमा आएको छ । उक्त मेसिन सञ्चालनमा आएसँगै अब दाँतको समस्या भएका धादिङ तथा गोरखाका नागरिकहरुलाई थप सहजताका साथ उपचार गर्न सकिने सञ्चालक मिलन बराइली बताउनु हुन्छ ।
विकीरणबाट असर कम गर्ने, चाडो एक्सरे गर्ने, डिजिटल ईन्ट्राओरल एक्सरे गर्ने, उच्च स्तरको एक्स–रे, तुरुन्तै कम्प्यूटरमा हेर्न सकिने, एक्स–रेलाई विरामीको नाममा सुरीक्षत राख्न सकिने, बालमैत्री तथा न्यून विकीरण हुने लगायतका फाइदाहरु डिजिटल एक्स–रे मेसिनबाट प्राप्त गर्न सकिने सञ्चालक बराइली बताउनु हुन्छ । उक्त मेसिनबाट सेवा लिनका लागि २ सय ५० रुपैँया शुल्क लाग्ने छ ।
स्थापनाको छोटो समयमै लोकप्रियता कमाएको क्लिनिकले जिल्लामै पहिलो पटक अर्थोडोन्टिक सेवा समेत विस्तार गरिसकेको छ । दाँत बांगोटिंगो भएर अनुहारको बनावट बिग्रेका व्यक्तिहरुलाई लक्षित गरी उक्त सेवा सुरुवात गरिएको हो । क्लिनिकमा २४ अैं घण्टा दन्त चिकित्सक डा.स्मृति श्रेष्ठबाट दन्त उपचार गरिन्छ ।
यस्तै क्लिनिकबाट दाँत सफा गर्ने, दाँत भर्ने, कृतिम दाँत राख्ने, दाँतको जरैदेखि सफा गरेर भर्ने, कृतिम दाँत राख्ने, दाँत सेतो बनाउने, दाँतमा खोल राख्ने, बाल वच्चाको दाँतको उपचार गर्ने, दाँतको एक्स–रे गर्ने लगायत दाँतसम्बन्धी सम्पूर्ण किसिमका उपचारहरु हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस