धादिङ ०३ कार्तिक
धादिङको नीलकण्ठ नगरपलिका १४ स्थित कुपा गाउँमा जारी खुल्ला नक आउट फुटबल र मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । ३६ टिमको सहभागिता रहेको फुटबल प्रतियोगितामा भङ्गेरी युवा क्लब धुवाकोट प्रथम, जन आवाज युवा क्लब माने द्धितीय भएको सहकर्मी समुन अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता र उपविजेतालाई क्रमश २० हजार, १० हजार नदगका साथै ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । यस्तै मिनी म्याराथन दौड प्रतियोगितातर्फ २० वर्षभन्दा मुनिका १९ जना र ३० भन्दा माथिका १३ जनाको सहभागिता रहेको थियो । जसअनुसार २० वर्ष मुनिमा खनियाबास गाउपालिका– झार्लाङका श्री लाल तामाङ प्रथम, नीलकण्ठ नगरपालिका–१४ धुवाकोटका धन बहादुर तामाङ द्धितीय, सोहि स्थानका चेत नारायण श्रेष्ठ तृतीय भएका हुन् । यस्तै ३० वर्षभन्दा माथिकोमा सिंह बहादुर तामाङ प्रथम, खेम राज वस्ती द्धितीय, र धनबहादु गुरुङ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः १२ हजार, ७ हजार, ३ हजार नगदका साथै ट्रफी प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।
“राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद” भनने मूल नाराका साथ सम्पन्न भएको प्रतियोगिताको समापन समारोह कुपा युवा समाजका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस