धादिङ ०१ कार्तिक
बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत वृद्धि भएको हो ।
दसैं अगाडि नै भाडा वृद्धि गर्ने निर्णय गरेता पनि दसैंको बेला गाउँ जानेहरुलाई समस्या पर्ने भएकाले दसैंपछि मात्रै नयाँ भाडा दर लागु भएको हो । यातायात व्यवसायीले भने ७० प्रतिशत भाडादर वृद्धि गर्न माग गरेका थिए ।
यो सँगै अब धादिङ–काठमाडौं २२६ रुपैया, धादिङबेसी–नारायणघाट २६१ रुपैया र गल्छी–देबीघाट ५४ रुपैया भाडादर कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस