धादिङ २८ असोज
धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९ मा रहेको गैराबारी भोग्टेनी नेवाः समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वर कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता तथा नेकपा(माओवादी केन्द्र) धादिङका नेता अमृत तामाङको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमकै अवसर पारी नगर उपप्रमुख मनराज भण्डारीको विशेष पहलमा गत आर्थिक वर्षमा सम्पन्न भएको समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस