गोरखा २७ आषाढ
कृष्ण बहादुर लामिछाने
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं. ३ तान्द्राङ स्वास्थ्य चौकीमा शनिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष लिलानाथ लामिछाने र भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालको रोहबरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
भिमसेनथापा गाउँपालिका–३ तान्द्राङ निवासी सुन्दर बन्जराको पहलमा फ्लाइन्ङ एड नेपाल फ्यान म्यानेजमेन्ट डेनमार्कको सहयोग र हाम्रो पहुच गोरखाको संयोजनमा भिमसेनथापा गाउँपालिका–३ को सपोर्टर भोलिन्टियर ग्रुप मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामाग्रीहरुमा ४० लिटरको अक्सिजन सिलिन्डर २ थान, अक्सिजन कन्सटेटर १ थान, ग्लुकोज स्ट्यान्ड ३ थान, सिलिन्डर ट्रली ३ थान, सेनिटाइजर डिस्पेन्सर ३ थान, इलेक्ट्रिक सक्स मेसिन १ थान, नेबुलाइजर ३ थान, डेलिभरी बेड १ थान, डेलिभरी प्याड ५० थान, अक्सिजन मास्क ५ थान, अक्सिजन रेगुलेटर २ थान, हात धुने साबुन १ सय २० पिस रहेको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालले कोभिड लगायत अन्य स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय बनाउन अन्य आवश्यक सामाग्री उपलब्ध गराएकोमा सहयोगी संस्थालाई धन्यवाद दिनुभएको थियो ।
संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद लामिछानेले प्राप्त सामाग्रीहरुको सही प्रयोग गर्नुपर्नेमा जोड दिुनभयो ।
स्वास्थ्य चौकी व्यवस्थापन समतिका अध्यक्ष एवं वडा अध्यक्ष लिलानाथ लामिछानेले कोरोना लगायत अन्य स्वास्थ्य समस्या नियन्त्रण एवं समाधान गर्न सबैको साथ सहयोगको आवश्यकता रहने बताउनु भयो ।
उक्त कार्यक्रममा दाता संस्थाले भिमसेनथापा गाउँपालिका स्वास्थ्य शाखालाई अक्सिजन कन्सटे«टर १ थान, सेनिटाइजर २ सय ५० मिलिलिटरको १ सय ८ थान, सर्जिकल मास्क १ सय ८ पिस, डेटोल साबुन १ सय २० पिस हस्तान्तरण गरेको छ । यस्तै संस्कृत माध्यमिक विद्यालय तान्द्राङ र नवज्योति माध्यमिक विद्यालयलाई सेनिटरी प्याड ५ सय ४० थान, हातधुने साबुन सय पिस हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति रहको थियो ।
प्रतिक्रिया दिनुहोस