धादिङ,१६ फागुन ।
मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धादिङको थाक्रे गाउँपालिका-११ स्थित मिलिजुली साकोस भवनमा सम्पन्न भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ४७ जना पुरुष गरि ७३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जनाकारी दिनुभयो । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना,थाक्रे युवा परिषदको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको होे । कोरोना भाइरस कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा रगतको चरम अभावलाई कम गर्ने उद्धेश्यका साथ बिभिन्न स्थानमा हुने गरेको मेला, पर्वहरुको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस