धादिङ २५ माघ
धादिङ लगायत धादिङ आसपासका जिल्लाहरुमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गद्र्रै आएको टुकी नेपाल समाज धादिङले आइतबार कोभिड १९ नियन्त्रण र रोकथामका लागि नीलकण्ठ नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामग्रीहरुमा फेस मास्क ४ हजार थान, के.एन. ९५ मास्क ४ सय थान, फेस सिल्ड २ सय थान, ग्लोभ्स ४ हजार थान, ५ लिटरको केयर लिक्विड ८ थान, डिजिटल थर्मोमिटर ४० थान, गाउन ४० थान, ह्यान्ड वास ८० थान, पिपिइ सेट ४ थान रहेको टुकी नेपाल समाजका महासचिव चन्द्र लम्सालले जानकारी दिनुभयो । नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख मनराज भण्डारी र स्वास्थ्य संयोजक विष्णु रिजाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नगर प्रमुख ढुङ्गानाले स्वास्थ्य सामग्री सहयोग गरिएकोमा टुकी नेपाल समाजलाई धन्यवाद व्यक्त गर्दे उक्त सामग्रीहरुको सम्बन्धित ठाउँमा सही सदुपयोग हुने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस