• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Mon, 01, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

१२ माघ २०७७, सोमबार ०९:३८

रेडियो बिहानी संवाददाता

धादिङ १२ माघ
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. २ ताङ्जामाने सेमजोङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । नागरिकहरुलाई प्राकृतिक र आर्युवेदिक चिकित्सा पद्धतिद्धारा उपचार गराउने उद्देश्यले उक्त आरोग्य केन्द्रको स्थापना गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ निर्देशनालय जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङ अन्तरगत रहने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमका बिच नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यले उक्त आरोग्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष शाक्यले आफू नियमित रुपमा आर्युवेदिक औषधीहरु सेवन गर्ने गरेको बताउदै हाम्रो गाउँ वस्ती र वन जङ्गलमा भएका जडिबुटीहरुको सही पहिचान गर्दै आर्युवेदिक औषधीको रुपमा प्रयोग गर्नुपर्ने बताउनु भयो । यस्तै अध्यक्ष शाक्यले बढ्दो आधुनिकताले गर्दा र खानपानमा सावधानी नअपनाउदा विभिन्न किसिमका रोगहरु देखा परेकाले प्राकृतिक चिकित्सा पद्धतिलाई अनाउन आग्रह गर्दै गाउँपालिकाले १ घर १ धाराको अवधारणा लिएकाले आफ्नो करेसाबारीमा अर्गानिक र विषादी रहित तरकारी उत्पादन गरी प्रयोग गर्न समेत गाउँपालिकाबासीलाई सुझाव दिनुभयो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले नागरिक आरोग्य सेवा केन्द्रलाई आवश्यक पर्ने औषधि र जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्न तत्पर रहेको बताउदै वडा नम्बर २ का नागरिक मात्र नभै सबै गाउँपालिकाका सेवाग्राहीले सेवा प्रयोग गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले एलोपेथिक र आयुर्वेदिक दुबै खाले उपचार पद्धति को सुरुवात गाउँपालिकामा भएको बताउँदै एलोपेठी उपचार पद्धतिले मात्र सबै रोगहरुको निदान नहुने हुँदा आर्युबेदिक उपचार पद्धतिको सुरुवात गरेको बताउनु भयो ।

नागरिक आरोग्य सेवा केन्द्र उद्धघाटन कार्यक्रममा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङका निमित्त कार्यालय प्रमुख गोकुल पराजुलीको अध्यक्षता, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यको प्रमुख आतिथ्यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलको विशेष आतिथ्यता वडा नं. १ का अध्यक्ष चन्द्र बहादुर पल्ली मगर, वडा नं. २ का अध्यक्ष सुन्दर थापा, वडा नं. ४ का अध्यक्ष तिल बहादुर गुरुङ, गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेल, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

धादिङका ४ वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गरिरहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङले स्थानीय तह गठन भैसकेपछि पहिलो नेत्रावती डबजोङ गाउँपालिकामा सञ्चालन गरेको हो । आरोग्य सेवा केन्द्रमा कुनै पनि शुल्क नलिई नागरिकहरुलाई आर्युवेदिक औषधी उपलब्ध गराउने र उपचार समेत गराउने योजना रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङका प्रकाश सापकोटाले बताउनु भयो । आरोग्य सेवा केन्द्रबाट नेपाल सरकारले तोकेका २३ प्रकारका औषधीहरु जस्तै ग्यास्ट्रिक, बाथ, गानो गोला, प्रेसर, पिनास लगायतका औषधीहरु उपलब्ध हुनेछन् । निकट भविष्यमै योगा कक्षा समेत सञ्चालन गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • २

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • ३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • ४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • ५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

  • ६

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • ७

    नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

  • ८

    सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

  • ९

    नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

  • १०

    सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

  • ११

    कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

  • १२

    २० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न

  • १३

    धादिङमा राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक सार्वजनिक

  • १४

    सर्वोच्चद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा फैसला, धादिङ सहित देशैभर दिव प्रज्ज्वलन

  • १५

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङलाई

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ र त्रिपुरासुन्दरी फाइनल प्रवेश

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑