• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 28, May, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

गणेश हिमाल क्याम्पसलाई जिल्लाकै उत्कृष्ठ बनाउनको लागि विद्यार्थी, प्राध्यापक र व्यवस्थापकको त्रिकोणात्मक भूमिका रहेको छ : क्याम्पस प्रमुख पाण्डे

१२ जेष्ठ २०७६, आईतवार १९:३१

रेडियो बिहानी संवाददाता

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा २०५३ सालमा धादिङ बोर्डिङ स्कुल खुल्यो । संस्थागत विद्यालयको रुपमा खुलेको यस विद्यालय बिस्तारित हुँदै जादा न्यु धादिङ बोर्डिङ स्कुल र गणेश हिमाल क्याम्पसको रुपमा हाल सञ्चालित छ । जिल्लामा मात्र नभइ राष्ट्रिय रुपमा प्रतिष्ठित यस क्याम्पस र विद्यालयहरुको नतिजालाई हेर्ने हो भने जिल्लाको सर्वाकृष्ठ मानिन्छ । कार्यक्रम विहानी संवादमा गणेश हिमाल क्याम्प्स धादिङका क्याम्पस प्रमुख ईश्वरी प्रसाद पाण्डेसँग गणेश हिमाल क्याम्पसले सञ्चालन गरेका विभिन्न गतिविधिहरु र नीजि क्षेत्रबाट विद्यालय अथवा क्याम्पस सञ्चालन गर्न कतिको कठिनाइ रहेको छ ? यस्तै क्याम्पसको आगामी कार्यक्रमहरुको बारेमा प्रस्तोता सञ्जय देवकाटाले गर्नुभएको कुराकानीको सम्पादित अशं

गणेश हिमाल क्याम्पस, धादिङ बोर्डिङ स्कुल, न्यु धादिङ बोर्डिङ स्कुल गरी तीन वटा संस्था सञ्चालन गर्दै आउनु भएको छ । कत्तिको सहज छ ? यी संस्थाहरु सञ्चालन गर्न ?
अहिलेसम्म हामीलाई संस्था सञ्चालन गर्न कुने अप्ठ्यारो परिस्थिति परेको छैन । नैतिक जिम्मेवारी र काममा इमान्दारिता भएपछि हामीलाई अभिभावकहरुले हामीमाथि विश्वास गर्नुभएको छ । जिल्लाकै उत्कृष्ठ विद्यालय भएको कारण विद्यार्थीहरुको अवस्था राम्रो छ । त्यस्तै व्यवस्थापकज्युहरुले पनि राम्रोसँग संस्थालाई व्यवस्थापन गर्नुभएको छ । विद्यालय र क्याम्पस सञ्चालन गर्न सहयोग गर्नुभएको छ । त्यसैले गर्दा पनि हामीले सहज भएको महसुस गरिरहेका छौँ ।
विद्यालय तथा क्याम्पसको सञ्चालक समितिको सदस्य पनि हुनुहुन्छ तपाईँ । विद्यालय स्थापनादेखि हालसम्मको समयको समीक्षा गर्नुप¥यो भने कसरी गर्नुहुन्छ ?
२०५३ सालमा स्थापना भएको यो विद्यालय धादिङ जिल्लाको नीजि विद्यालयहरुमा दोस्रो विद्यालय हो । सुरुको स्थापना कालमा म यसको सदस्य नभएता पनि सुरुमा ८ जना धादिङ जिल्लाका शिक्षाविदहरुद्धारा सञ्चालन भएको हो । सुरुको समयदेखि नै शिक्षक, व्यवस्थापन समितिका सदस्यहरुले विद्यालयलाई धेरै राम्रो तरिकाले सञ्चालन गर्नुभयो । त्यस्तै धादिङ जिल्लामा सबैभन्दा राम्रो अङ्क ल्याउने विद्यालयको नाममा पनि धादिङ बोर्डिङ अगाडि आउन सफल भएको छ । २०६२÷६३ मा हामी सहभागी भएपछि तत्कालीन अवस्थामा समस्या भनेको जनआन्दोलनताका शैक्षिक क्षेत्र, नीजि क्षेत्रका शिक्षण संस्थाहरुलाई कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिन्थ्यो । तर साथीहरुले जिम्मेवारीका साथ वार्ता र छलफलबाट समस्याको समधान गर्नुभयो । हामीसँग धेरै चुनौतीहरु थिए । पहिलो त विद्यालय स्थापनाकालमा जम्मा ३०० विद्यार्थी हामीकहाँ थिए । तत्कालीन अवस्थामा शिक्षकहरुलाई तलब दिन पनि धौ धौ थियो । हामीले विभिन्न शिक्षाविदहरुसँग छलफल, बहस गरी अभिभावकको माया जित्न सफल भयौँ । हामीले ७०० विद्यार्थी विद्यालयमा पाउन थाल्यौँ । सिरान बजारमा विद्यालय रहेका कारण विद्यार्थीहरुलाई गाह्रो भएको भन्ने गुनासो आएसँगै हामीले २०६५ सालमा न्यु धादिङ बोर्डिङ स्कुल स्थापना ग¥यौँ । अहिले धादिङ बोर्डिङ, न्यु धादिङ बोर्डिङ र गणेश हिमाल क्याम्पस गरी ३ वटा संस्था हामीकहाँ छ । यी ३ संस्थामा लगभग अहिले २ हजार विद्यार्थी अध्ययनरत छन् ।

अरु विद्यालयले पनि यत्तिकै मेहनत गरेका छन् । लगानी उत्तिकै छ । यहाँहरुको नतिजा जिल्लामै उत्कृष्ट आइरहेको छ । यो कसरी सम्भव भयो ?
नतिजा राम्रो ल्याउनको लागि वास्तवमा विद्यार्थी, शिक्षक र त्यसको व्यवस्थापकबीचको सम्बन्ध राम्रो हुन जरुरी छ । त्यस्तै शिक्षकहरुले पनि विद्यार्थीहरुको चाहना अनुसार पढाउने र व्यवस्थापकले सही समयमा विभिन्न कुराहरु सुधार गर्दै लाने हो भने विद्यालय तथा क्याम्पसको गुणस्तर राम्रो हुँदै जान्छ ।

नीलकण्ठ क्याम्पसमा पनि सहायक क्याम्पस प्रमुख भएर लामो समय काम गर्नुभयो । अहिले गणेश हिमाल क्याम्पसको प्रमुख हुनुहुन्छ । कत्तिको गाह्रो छ क्याम्पस सञ्चालन गर्न ?
क्याम्पस प्रमुख भन्ने शब्द नै कठिन लाग्छ मलाई । धेरै वर्ष मैले नीलकण्ठ क्याम्पसको प्रशासनिक क्षेत्रमा सहायक क्याम्पस प्रमुख भएर काम गरेँ । त्यसपछि गणेश हिमाल क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेँ । नीजि र सरकारी क्याम्पसको प्रशासनमा रहेर काम गर्दा धेरै फरक पाएँ । सरकारीमा काम गर्दा राजनीतिक दलहरु, स्थानीय तह सबैसँग समन्वय गरेर काम गर्नुपर्ने, विद्यार्थी संघ सङ्गठनहरुसँग समन्वय गरेर काम गर्नुपर्ने देखिन्थ्यो तर नीजि क्षेत्रमा जाँदा मलाई लागेको कुरा राजनीतिक दलसँगको भाइचारा त आफ्नो ठाउँमा छदैँ छ तर स्कुल, कलेजमा उहाँहरुले हस्तक्षेप नगर्ने हुँदा सजिलो छ । धादिङका सबै विद्यार्थीहरु आर्थिक रुपले सबल छैनन् । त्यसो हँदा स्कुलले छात्रवृत्ति दिए हुन्थ्यो सहुलियतमा पढ्न पाए हुन्थ्यो भन्ने चाहना विद्यार्थीहरुको छ । अन्य कुरामा जुनसुकै काम गर्न पनि कठिन त कठिन नै छ । हामी सबै मिलेर व्यवस्थापन गर्न सक्यौँ भने कुनै पनि काम गर्न कठिन र असहज हुदैन । व्यवस्थापकीय, आर्थिक पाटोमा समस्या नै देखिन्छ । उता राम्रा विद्यार्थीहरु विदेशीने कुनै विद्यार्थी भर्ना गरेर विद्यालय नै नआउने जस्ता समस्या पनि धेरै देखिन्छ । ४ वर्ष व्याचलर पढेर के गर्ने ? जागिरको ग्यारेन्टी हुदैन भन्ने जुन मनस्थिति विद्यार्थीहरुमा छ यिनै कारणले क्याम्पसमा विद्यार्थी घटेको देखिन्छ । ग्रामीण भेगबाट आउने विद्यार्थीहरु आर्थिक हिसाबले कमजोर देखिन्छन् । यी यस्ता थुप्रै समस्याहरुलाई चिर्दै विद्यार्थीहरुले पढेको विषय अनुसार काम पाउने गरी प्राविधिक शिक्षा पढाउनको लागि पहल गरेका छौँ । त्यस्तै हामीले कक्षा ११÷१२ मा कानुन विषय राखेका छौँ । पहिला त हामीलाई डर पनि लागेको थियो । विद्यार्थी नहुने पो हो कि भनेर तर पछि विद्यार्थीहरुको आकर्षण बढेको देखिन्छ । कति विद्यार्थीहरु बुझेर आए त कति कानुन भनेको के हो ? नबुझेरै आए । अहिले ३३ जना विद्यार्थीहरु कानुन संकायमा पढ्दै छन् । मलाई लाग्छ आगामी वर्षमा कानुन पढ्ने विद्यार्थीको सङ्ख्याहरु बढ्ने छ । हामीले अरु विषयजस्तै विज्ञान संकाय महत्त्वपूर्ण रहेको कारण कक्षा ११ मा विज्ञान विषय राख्ने भन्ने योजना छ । हाम्रो विद्यालयमा कक्षा ११ बाट नै चयन गर्ने विषयमा विज्ञान राखेका छौँ । हाम्रो उद्देश्य भनेको ९, १० कक्षा पास गरिसकेपछि विज्ञान संकाय पढ्नको लागि अर्को विद्यालय जान नपर्ने गरी धादिङ बोर्डिङमै रहोस् भन्ने उद्देश्य हो ।

विद्यार्थीहरुलाई खेलकुद, सामाजिक कार्यमा अगाडि बढाउने, संस्कार संस्कृति रीतिरिवाजहरुमा सहभागी गराउने खालका अतिरिक्त क्रियाकलापहरु कतिको गर्नु भएको छ ?
विद्यालयमा अतिरिक्त कार्यक्रम अभिन्न अङ्ग हो । शैक्षिक पाटो एउटा कुरा महत्त्वपूर्ण पाटो हो भने हामीले क्यालेन्डरमा उल्लेख भएका हरेक कार्यक्रमलाई व्यवहारमा उतारेका छौँ । हरेक शुक्रबार अतिरिक्त कार्यक्रमहरु गर्दै आएका छौँ । चेतनाको स्तर, सामाजिकसेवाको भावना जागृत गराउने विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएका छौँ । उदाहरणको लागि योगा कक्षा, खेलकुद कार्यक्रम, नृत्य, सङ्गीत, तेक्वान्दो जस्ता खेलकुदहरु पनि सञ्चालन गरिरहेका छौँ । त्यस्तै हामीले उनीहरुलाई सामाजिक कामहरुमा पनि सहभागी गराउँछौँ । जस्तै रक्तदान गर्ने कार्यक्रम राख्छौँ । टोल सरसफाइमा पनि उनीहरु स्वयमसेवक भएर काम गर्ने गरेका छन् । उनीहरुलाई हामीले संस्थाप्रति उत्तरदायी बनाएका छौँ । सामाजिक सहयोगको भावना सबै क्षेत्रमा विद्यार्थीहरुलाई उत्कृष्ठ बनाएका छौँ ।

आजभोलि विद्यार्थीहरुको पढ्ने बानी हट्दै गएको छ । सामाजिक सञ्जालमा बढी ध्यान गएको जस्तो देखिन्छ । विद्यार्थीहरुको पढाइप्रति रुचि कम भएको नै हो ?
पढ्ने तरिकामा पनि केही फरक आएको छ । पढ्न इच्छुक विद्यार्थीहरुले मोबाइलबाट धेरै कुरा सिक्ने भएकाले पनि मोबाइलबाट पढ्ने गर्दछन् तर विद्यार्थीहरु सामाजिक सञ्जालमा बढी सक्रिय भएको देखिन्छ । हामीले ११÷१२ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा मोवाइल फोन प्रयोग गर्न दिएका छैनौ । घरमा हेर्ने हो भने विद्यार्थीहरुको पढ्ने वातावरण नै छ्रैन । बच्चाहरु होम ओर्क गर्छन् तर खाली समय भएपछि टेलिभिजन अथवा मोबाइमाल गेम खेलेर समयको दुरुपयोग गरिरहेका हुन्छन् । धादिङ बोर्डिङमा हेर्ने हो भने विद्यार्थीहरुको पढाइमा खोट लाउने ठाउँ देखिदैन । नतिजा सबैभन्दा उत्कृष्ठ नतिजा ल्याउन सफल भएका छन् । त्यस्तै धादिङ बोर्डिङ पढ्न चाहने तर शुल्क तिर्न नसक्ने विद्यार्थीहरुका लागि पनि हामीले सहयोग गछौैँ । तपाईहरु सबैको साथ र सहयोग पाइयो भने नेपालको एक गुणस्तर विद्यालयको रुपमा चिनाउन हामी सफल हुन्छौँ ।

अन्त्यमा एस.इ.इ दिएका तथा कक्षा १२ सकेर बसेका विद्यार्थीहरुले किन गणेश हिमाल क्याम्पस नै रोज्ने ?
वास्तवमा हामीले विद्यार्थीहरुलाई तपाईँहरु गणेश हिमाल क्याम्पस नै आउनु भन्छौँ । गणेश हिमाल क्याम्पस आउनुका केही कारणहरु छन् । पहिलो त गणेश हिमाल क्याम्पसको शैक्षिक नतिजा हेर्ने हो भने पनि जिल्लामै अग्र स्थानमा छ । हरेक वर्ष हाम्रो नतिजा उत्कृष्ट छ । अत्यन्तै अनुभवी प्राध्यापकहरुबाट प्राध्यापन गरिने हुँदा नतिजामा कहिले पनि हाम्रो क्याम्पस पछाडि परेको छैन । पढ्नका लागि तपाईँहरुको आर्थिक अवस्था कमजोर छ भने पनि हामीले छात्रवृत्तिको व्यवस्था मिलाएका छौँ । गणेश हिमाल क्याम्पस नीजि संस्था भएता पनि नाफामूलक नभइ सेवामूलक संस्थाको रुपमा विकास गरेका छौँ । अर्को विद्यार्थीहरुलाई पढ्नको लागि हामीले घरायसी वातावरण बनाएका छौँ । विद्यार्थीहरुको शैक्षिक स्तरलाई हामी जहिले पनि माथिल्लो स्तरमा राख्छौँ । त्यसैले पनि तपाईँहरु गणेश हिमाल क्याम्पस नै रोज्नु होला भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई भन्न चाहन्छु । हामीले विद्यार्थीका हरेक क्षमता र उहाँहरुको हरेक चाहनालाई पहिचान गरेर अवसर सृजना गरेका छौँ । विद्यार्थीहरुको मनोवैज्ञानिक अध्ययन गरेर विद्यार्थीहरुलाई सन्तुष्टीका साथ शिक्षण गर्ने सीप हाम्रो प्राध्यापकहरुमा छ । त्यसकारण त्यो सीपको सदुपयोग गर्नका लागि गणेश हिमाल क्याम्पस नै रोज्नुहोस् भन्ने अनुरोध सम्पूर्ण विद्यार्थी, अभिभावकहरुलाई गर्दछु ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

  • २

    राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • ३

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

  • ४

    युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

  • ५

    पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

  • ६

    अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

  • ७

    बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

  • ८

    नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

  • ९

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • १०

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ११

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • १२

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • १३

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • १४

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • १५

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • १

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • २

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ३

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • ४

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • ५

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • ६

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • ७

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • ८

    धादिङको कान्छो पालिका प्रमुख र उप–प्रमुख माओवादी केन्द्रबाट विजयी

  • हाम्रो समाज
    थप

    त्रिपुरासुन्दरी–६ मा हरि वि क र ७ मा सुवास अधिकारी विजयी

    त्रिपुरासुन्दरी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उप्रेती र उपाध्यक्षमा धरेल विजयी

    गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा विजयी

    धादिङको गल्छी २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी ।

    गायक तथा सर्जक लालकाजी श्रेष्ठको ‘चमत्कार’ गीत सार्वजनिक

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    आज धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द रहने

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑