• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Fri, 22, Jan, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English


विद्यालयमा अङ्ग्रेजी वातावरण बनाउन जरुरी छ : प्राध्यापक सुवेदी

८ जेष्ठ २०७६, बुधबार १९:२१

रेडियो बिहानी संवाददाता

नेल्टा धादिङका उपाध्यक्ष एवं नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका अङ्ग्रेजी विषयका प्राध्यापक युवराज सुवेदीसँग रेडियो विहानी र टुकी नेपाल समाजको सहकार्यमा सञ्चालित रेडियो कार्यक्रम शैक्षिक सरोकारमा प्रस्तोता सञ्जय देवकोटाले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अङ्ग्रेजी विषय निकै नै कठिन र अप्ठ्यारो लाग्ने गर्छ । पढाउने शैलीको विकास गर्न नसकेर हो कि यो आफैँमा कठिन विषय हो ?
सबै भाषा सरल छन् । सबै भाषा त्यतिकै गहन छन् । अप्ठ्यारो भन्ने कुनै भाषा नै हुदैनन् । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दा हामीले बालबालिकाहरुलाई कस्तो वातावरणमा पढाउँछौँ र कति समय उनीहरुको लागि छुट्याएका छौँ ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरुलाई जुन भाषाको जानकारी दियो त्यसमा राम्रो हुने हो तर सरकारी स्कुलहरुमा के हुन्छ भने एउटा मात्र अङ्ग्रेजी विषय पढाइ हुन्छ । यसमा पनि शिक्षकहरुले अङ्ग्रेजी बोल्दा अङ्ग्रेजी भाषा प्रयोग गरेर पठाउँदा विद्यार्थीले बुझ्दैनन् भन्ने धारणा जुन छ । बच्चाहरुले १ हप्ता बुझ्दैनन् । १ महिना बुझ्दैनन् । विस्तारै उनीहरुलाई बुझ्न कर लाग्छ । सरकारी विद्यालयमा पढाउँने शिक्षकहरुमा सिस्टम नभएको देखिन्छ । तर उहाँहरु सबैजना तालिमप्राप्त शिक्षकहरु हुनुहुन्छ । तैपनि त्यसको सदुपयोग नभएको देखिन्छ । कुनै पनि शिक्षकले पढाउँदा पाठ घोकाउँने होइन उनीहरुले महसुस गर्ने गरी पढाउनु पर्छ । तर शिक्षकहरुले पढाउँने भन्दा सिकाउँनेतर्फ बढी ध्यान दिनुपर्छ । उनीहरुको क्षमता विकासका लागि हप्तामा १ दिन अङ्ग्रेजी पत्रपत्रिकाहरु पढ्न लगाउनु पर्छ । जसले गर्दा विद्यार्थीमा अङ्ग्रेजी भाषा बुझ्न तथा पढ्न सजिलो हुन्छ । टेलिभिजनमा प्रशारण हुने अङ्ग्रेजी कार्यक्रमहरु हेर्ने, युवट्युवहरुमा पनि बालबालिकाहरुको लागि विभिन्न कार्यक्रमहरु उपलब्ध हुन्छन् । ती त्यस्ता कार्यक्रमहरु हेर्नु प¥यो । शिक्षकले पनि ४५ मिनेटको समयमा सामान्य तरिकाले अङ्ग्रेजी नै बोल्नुप¥यो । जतिसक्यो बालबालिकाहरुलाई सक्रिय गराउनु पर्छ । हामीले विद्यार्थीहरुलाई अङ्ग्रेजीमा राम्रो गराउने हो भने वि.वि.सि, सि.एन.एन जस्ता समाचार सुन्ने र हेर्ने गर्नुपर्छ । त्यस्तै अङ्ग्रेजी किताबहरु पढ्न लगाउने, प्रख्यात लेखकका किताबहरु पढ्न लगाउने गर्नुपर्छ । त्यसले बालबालिकाहरुको अङ्ग्रेजीमा स्वतः विकास भइरहेको हुन्छ । अङ्ग्रेजीमा मुख्य गरी ४ ओटा कुरामा ध्यान दिनुपर्छ । जस्तै बोल्ने, लेख्ने, सुन्ने र भन्ने । यी चार कुरालाई ध्यान दिइयो भने अङ्ग्रेजी असफल हुने, पछि पर्ने विद्यार्थीहरुलाई धेरै सहयोग पुग्छ । फेरी पनि जान्ने नजान्ने भन्ने हुँदैन । सबै बच्चाहरुको क्षमता बराबर हुन्छ ।
भाषा सिक्नको लागि उमेरले कतिको प्रभाव पार्छ ?
उमेर एकदमै महत्त्वपूर्ण कुरा हो । भाषा सिक्दा उमेरले पनि भूमिका खेलेको हुन्छ । ४ देखि ६ वर्ष उमेरका बालबालिकाहरुले बोल्ने भाषाका लागि चाहिने सबै शब्दहरु सिक्न सक्दछन् । हामीहरुले सरकारी विद्यालयमा पनि सानैबाट अङ्ग्रेजी पढ्ने वातावरण सिर्जन ागर्न सक्छौँ । हाम्रो मानसिकता के छ भन्दा खेरी सरकारी विद्यालयमा अङ्ग्रेजी विषय भनेको गाह्रो विषय हो । विद्यार्थीले सक्दैन, विद्यार्थीको क्षमता छैन भन्ने मानसिकता छ तर सबै विद्यार्थीमा गर्ने र सिक्न सक्ने क्षमता हुन्छ । शिक्षकहरुले १० देखि ४ बजेसम्म विद्यार्थीहरुलाई कति समय अङ्ग्रेजीको लागि दिनुभयो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । साथै हरेक विद्यालयमा प्रोजेक्टर, इन्टरनेको उपलब्धता हुनुपर्छ । किनभने हामीले धेरै कुराहरु इन्टरनेटको माध्यमबाट सिक्न र सिकाउँन सक्छौँ । प्रोजेक्टरको माध्यमबाट अडियो भिडियोहरु देखाउँने तथा सुनाउँने, उनीहरुलाई मनपर्ने अङ्ग्रेजी कार्यक्रमहरु हेरेर त्यसको बारेमा एक हरफ लेख्न लगाउने जस्ता कृयाकलापहरु ग¥यौँ भने अङ्ग्रेजीमा केही सुधार गर्न सकिन्छ । विद्यार्थीहरुले कसरी पढाउँदा बुझ्छन् ? कस्तो उपाय शिक्षणमा अपनाउँदा विद्यार्थीहरुले राम्रोसँग सिक्न सक्छन् ? भन्ने कुराको पनि ज्ञान शिक्षकहरुमा कमै छ । अर्थात भनौँ शिक्षकहरुलाई तालिम दिनुपर्ने आवश्यकता देखिन्छ । अङ्ग्रेजी आफैँमा अप्ठ्यारो विषय होइन । यो त के हो भन्दा अङ्ग्रेजी विषय गाह्रो हुन्छ भन्ने हाम्रो मानसिकता मात्र हो । विद्यार्थीहरुलाई पढाउँने भन्दा पनि सामुहिक कामहरु गर्न लगाउने जसले गर्दा उनीहरुले आफूले गरेको कामबाट पनि ज्ञान प्राप्त गर्न सक्दछन् । बच्चाहरुको रुचि अनुसार हामीले पढाउन सकिरहेका छैनौँ । शिक्षणमा बच्चाहरुको उमेर, तह र उनीहरुमा सिक्ने इछाशक्तिको छ । यी तीन कुरा जान्नु महत्त्वपूर्ण हुन्छन् । विद्यार्थीहरुलाई साथी जस्तो व्यवहार गर्ने, विद्यार्थीहरुलाई पिटेर वा घोकाएर उनीहरुले सिक्न सक्दैनन् । हामीले उनीहरुसँग साथीको जस्तो व्यवहार गर्ने, सम्झाएर, पढाउँन सकिन्छ । सबै विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था छ । इन्टरनेटको माध्यमबाट हप्तामा २ दिन, ३ दिन युवट्युबहरुको माध्यमबाट पाठ्यक्रममा दिएका विषयहरुको बारेमा पनि हामीले खोज्न सक्छौँ । हामीसँग स्रोत साधनहरु छन् । नभएको होइन । त्यसको उपयोग गर्न सकिन्छ । तर सबै शिक्षकहरुलाई प्रविधिको बारेमा थाहा नहुन सक्छ । शिक्षकहरुलाई पनि त्यसको बारेमा तालिमहरु दिएर प्रविधिको बारेमा जानकारी दिन सक्छौँ ।
नेल्टा धादिङले कस्ता कस्ता कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ? आगामी कार्यक्रम के के छन् ?
गरिब र सरकारी स्कुलमा पढ्ने ४० जना बालबालिकाहरुलाई हामीले आदर्श क्याम्पस गजुरीमा निःशुल्क कक्षा सञ्चालन गर्न ४ जना शिक्षकहरु नेल्टाले नै छानेर २० जना विद्यार्थीहरुलाई २ जना शिक्षकको दरले कक्षा सञ्चालन गरिरहेका छौँ । त्यस्तै कार्यक्रम हामीले फेरी केन्द्रबाट माग्दै छौँ । यसको उपलब्धी राम्रो छ । विद्यार्थीहरुले पनि आशा गरेभन्दा बढी सिकेको महसुस गरेका छन् । सरकारी तथा बोर्डिङमा पढाउने शिक्षकहरुले पनि यस्ताखाले तालिम लिन चाहनु भयो भने नेल्टा धादिङले निःशुल्क तालिमहरुको आयोजना गर्द छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)

नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रियो

ज्वालमुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजयी

धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय ३१ पुग्यो

थोपल खोला सरसफाई अभियान पुनः सुचारु

धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • २

    बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

  • ३

    गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

  • ४

    नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

  • ५

    पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)

  • ६

    नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रियो

  • ७

    ज्वालमुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजयी

  • ८

    धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय ३१ पुग्यो

  • ९

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

  • १०

    धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

  • ११

    धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

  • १२

    धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

  • १३

    बेनिघाट रोराङ गाउँपालिका ५ मा भएको रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा ३६ जनाले गरे रक्तदान

  • १४

    माघेसक्रान्तीको अवसरमा धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईयो

  • १५

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

  • १

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

  • २

    धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

  • ३

    धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

  • ४

    धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

  • ५

    बेनिघाट रोराङ गाउँपालिका ५ मा भएको रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा ३६ जनाले गरे रक्तदान

  • ६

    माघेसक्रान्तीको अवसरमा धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईयो

  • ७

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

  • ८

    आज धादिङ सहित देशभर माघे संक्रान्ति पर्व मनाईदै

  • हाम्रो समाज
    थप

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा पनि मनाईयो

    धादिङका शिक्षासेवी डा. नवीनबन्धु पहाडी इन्ट्रिग्रेटी आइकनको उत्कृष्ठ पाचमा

    स्थानीय उत्पादित खाद्यवस्तुहरुलाई उपभोग र बजारीकरण गर्न प्रतिबद्ध छौँ:अध्यक्ष डल्लाकोटी

    के रहेछ ? राष्ट्रिय टोपी दिवसको महत्त्व डा. नवीनबन्धु पहाडी(रेडियो रिपोर्ट)

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑