• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 03, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English


‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’

२४ मंसिर २०७५, सोमबार ०८:४३

रेडियो बिहानी संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस गत मङ्सिर १३ गतेदेखि सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफलमा जुटेको छ । नेताहरू कसरी विषयमा प्रस्तुत भइरहेका छन् ? अब महासमितिपछि काँग्रेसमा कस्तो गतिका साथ जनता माझ आउँछ ? सरकारका काम कारवाहीलाई कुन तरिकाले हरिरहेको छ, यिनै विषयमा काँग्रेसका युवा नेता धनराज गुरुङसँग रातोपाटीका लागिलोकेन्द्र भट्टले गरेको अन्तरवार्ता :

काँग्रेसको केन्द्रीय कार्यसमितिमा करिब एक हप्तादेखि संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफल चलिरहेको छ । बैठकले संशोधित विधानलाई पार्टी नीति अनुकूल बन्छ कि नेताअनुकूल ?

यस पटकको बैठक बिलकुल फरक छ । पहिले नेताहरूले एउटा फेद समातेर अनुहार हेरेर केन्द्रीय समितिमा बोल्ने परम्परा थियो । त्यो परम्परा ध्वस्त भएको पाएको छु मैले । जारी बैठकमा पक्ष विपक्ष छैन अहिले । आफूलाई मन लागेको कुरा एकदमै स्वतन्त्र रूपमा सबै नेताहरूले बोलिरहनु भएको छ । सबैले काँग्रेसको भविष्यबारे चिन्तामा बोलिरहनुभएको छ ।

साथीहरूमा नेताको भन्दा काँग्रेसको भविष्यको चिन्ता झल्किन्छ । विभिन्न विषयमा गहन छलफल भइरहेका छ । अब काँग्रेसको भविष्य कस्तो हुने भन्ने ढङ्गबाट छलफल चलिरहेको छ ।

नेताहरूले गुट विर्सेर बोल्दैछन् या नयाँ गुट निर्माणका लागि ?

अहिले त्यो दुवै कुरालाई सामान्य मानिएको छ । गुटले थलिएको काँग्रेसलाई कसरी हिँड्ने बनाउने भन्ने सोच देखिएको छ । सबै गुट ध्वस्त कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिइरहनुभएको छ ।

गुटले बिग्रिएको काँग्रेसलाई फेरि पनि बिग्रिन दिनु हुँदैन । पार्टीलाई नयाँ रूप दिन पनि गुट अन्त्यको विकल्प छैन । तपाईंले भनेजस्तो नयाँ गुटका लागि कसरत पनि भएको छैन ।

पछिल्लो समय काँग्रेसमा उमेर हदको बहस चलेको छ । युवा नेताहरूले अहिलेको नेतृत्वबाट पार्टी पुनर्जागरण हुन सक्दैन भनिरहनु भएको छ । बैठकमा उमेरको कुरा कसरी उठिरहेको छ ?

काँग्रेसको खेतबारी जोत्नै नसक्ने अवस्थामा पुगिसकेका सक्रिय नेतालाई सम्मानका साथ विश्राम लिनुहोस्, आराम गर्नुहोस् भन्ने हो । काँग्रेसको खेतबारी हामी नै जोत्छौं । हामी नै दुःख गर्छौं भन्ने कुरा मात्र हो । बीपी कोइरालाले ३२ वर्षको उमेरमा काँग्रेस स्थापना गरेर हाँक्नु भएको थियो । अहिले नेताहरू ७० वर्ष नागिसक्दासमेत पाइला चाल्न सक्नुहुने हो कि होइन भन्ने अवस्थामा पुग्नुभएको छ । उहाँहरूलाई कति दुःख दिने । अब त हाम्रो चिन्ता छ, उहाँहरूको स्वास्थ्यप्रति । त्यस कारणले काँग्रेसलाई कसरी चुस्त, दुरुस्त, सबल र सशक्त बनाउने कुरा एजेन्डासँगै उमेरको पनि कुरा आएको छ । रुग्ण मान्छेले धेरै कुरा सोच्न पनि सक्दैन । सिर्जना पनि गर्न सक्दैन । निर्णय दिन पनि सक्दैन । यी कुराहरूलाई विचार राख्दै उमेरको कुरा पनि आएको छ ।

अब युवा नेताहरूले काँग्रेसलाई कुन मोडतिर डोर्याउने सोच बनाउनु भएको छ ?

सबैभन्दा पहिले काँग्रेसको गुट उपगुटमा रमाउने, भागबण्डा लगाएर खाने सोच बनाएकाहरूबाट अलग्याउनु पर्छ । होइन भने ६०–४० को भागबण्डाले काँग्रेस माथि उठ्न सक्दैन, सकेको पनि छैन । पार्टीमा अनुशासनको पनि निकै कमी देखिएको छ । विधि विधानलाई प्रमुख नेताहरू आफूअनकूल व्याख्या विश्लेषण गरिरहेका छन् । एउटा नियम र नीतिभित्र पार्टी चल्न सकेको छैन ।

पहिले त पार्टीलाई व्यवस्थित बनाउनतिर लाग्नु पर्नेछ । अर्को कुरा जनतासँगको दूरी कसरी नजिक्याउन सकिन्छ ? त्यो कुरा पनि सोच्नुपर्ने हुन्छ । देश र विश्वले के कुराको आवश्यकता औँल्याएको छ, त्यसअनुसार राजनीतिक दलले कस्तो भूमिका खेल्नुपर्छ भन्ने कुराको ख्याल गर्नुपर्ने देखिन्छ । काँग्रेसका नाममा कलङ्क बनेकाहरूको समयमै ख्याल गर्नुपर्ने बेला भएको छ ।

काँग्रेसजनहरूलाई कसरी पार्टीसँग जोडिराख्न सकिन्छ भन्नेबारेमा धारणा तयार पारिहेका छौँ । काँग्रेसले मङ्सिर २८ देखि पुस ३ सम्म हुने महासमितिबाट एउटा छनक दिने छ । बाँकी कुरा १४औँ महाधिवेशनले काँग्रेसमा एउटा नयाँ परस्थितिको सिर्जना गर्छ भन्नेमा हामी विश्वस्त छौँ ।

यसका लागि पार्टी नेतृत्वमा पुग्नुपर्छ होला नि ? १४औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न कस्तो गृहकार्य गरिरहनुभएको छ ?

सभापति को हुने, महामन्त्री हुने भन्ने कुरा उठेको छैन । यद्यपि एउटा वृद्धको विकल्प अर्को वृद्ध हुन नसक्ने हाम्रो ठम्याइ हो । हाम्रो अर्जुनदृष्टि पनि त्यहीँनिर हो । यस कुरामा हामी सबै सहमत छौं । त्यति भएपछि नेतृत्व परिवर्तनको अवसर आइहाल्छ ।

जारी बैठकमा पनि ७० वर्ष उमेरहदको कुरा उठेको छ । त्यो कुराले महासमितिमा प्रवेश पनाउने र पार्टी विधानमा नै उल्लेख हुने वातावरण बनिरहेको छ ?

हामीले त्यो प्रस्ताव केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्दैगर्दा अधिकांश सदस्यले समर्थन जनाउनु भएको छ । जे गर्नुभयो ठीक गर्नुभयो भन्नुभयो ।

अधिकार दिँदा जित्न सक्ने, योग्य र सक्षमलाई मात्र टिकट दिनुपर्ने दबाब सभापतिलाई हुन्छ । जिते प्रधानमन्त्री र हारे सभापतिबाट राजीनामा दिनुपर्ने भयले पनि सभापतिले बाध्य भएर राम्रो काम गर्ने अवस्था आउँछ ।

ओली सरकारको ९ महिने काम कारवाहीप्रति तपाईंको धारणा के छ ?
प्रधानमन्त्रीबाट ९ महिनामा जनताले ९ हजार उखानटुक्का सुन्दै आन्नद लिए । तर जनजीविका प्रत्याभूति हुने काम भने कुनै पनि हुन सकेन । उहाँले न सुशासन कामय गर्न सक्नुभयो न त जनताको ढाडै सेक्ने महँगी नियन्त्रण गर्न सक्नु भयो । उल्टो गरिब जनतामाथि अनावश्यक करको भार बोकाउने काम भएको छ । राजाले जस्तै राष्ट्रपतिका लागि पनि १८ करोडको गाडीको लावा लस्कारमा सवारीगराउने भनेर निर्णय गरेको छ । यो सरकारले गरिब जनताको रगत र पसिनामाथि होली खेलिरहेको छ, भ्रष्टाचार गरिरहेको छ ।

सरकारमाथि यस्तो आरोप लगाउँदै गर्दा तपाईंको पार्टी प्रतिपक्षको भूमिकामा छ, खबदारी खै त ?
हाम्रो पार्टीले पनि जनअपेक्षाअनुसार काम गरिरहेको छ भनेर म दाबी गर्दिनँ । किनेभने नेतृत्वमा यस्ता विषयको कुनै चिन्ता र चासो देखिँदैन । तर प्रधानमन्त्री त सबैका अभिभावक हुन् । उनको जिम्मेवारी बढी हुन्छ । प्रतिपक्षले यस्ता विषय निर्भयताका साथ उठाउन सक्ने सार्मथ्य राखेन भनेर नै हामी युवा नेताहरू बारम्बार पार्टी नेतृत्वसँग जुहारी खेलिरहेका छौँ । एकजना अबोध बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधीको संरक्षण सरकारबाटै भएको छ ।

बलात्कारपछि हत्या गरिएकी नमिता सुनिता काण्डमा पनि पञ्चायती शासकले अपराधीलाई जसरी संरक्षण गरेका थिए त्यसरी नै यो सरकारले निर्मालाका हत्यारालाई संरक्षण गरेर पञ्चायतको झझल्को दिएको छ ।

निर्मला हत्या, वाइडबडी जस्ता काण्डमा प्रतिपक्ष प्रेस कन्फ्रेन्समा मात्र सीमित भएको छ भन्ने छ नि ?

हिजोका दिनमा लाउडा काण्ड पनि भएको थियो, जुनसुकै पार्टीको सरकार होस्, घटना भएको त हो नि । आफ्नै पार्टीको सरकार हुँदा भए पनि यो कार्य गलत हो । अहिले वाइडबडी काण्ड घटेको छ । तैपनि प्रतिपक्ष चुपचाप बसेको छ । निर्मला काण्ड र वाडबडी काण्डमा त प्रतिपक्षले केन्द्र र सातै प्रदेशका सरकार ठप्प पार्नुपथ्र्यो । सडक तातिनु पथ्र्यो । हिजो लाउडा काण्ड हुँदा अहिलेको सरकारको नेतृत्वकर्ता तत्कालीन प्रतिपक्ष एमालेले कसरी रेलिङ भाँचेको थियो । हाम्रा नेता गिरिजाप्रसाद कोइरालालाई ‘गिरिजा चोर देश छोड’, ‘अहिलेको हैजा गिरिजालाई लैजा’ भन्ने नारा लगाएको यही कानले सुनेको हो ।
अहिले त्यति उत्तेजित, उत्ताउलो, घृणित र दरिद्र नारा लगाउनु पर्दैन काँग्रेसले । सम्मानित ढङ्गबाट दबाब सिर्जना गर्नु पर्छ कि पर्दैन ? त्यसैले प्रतिपक्ष पनि अल्मलिएको छ । प्रतिपक्षको नेतृत्व कहीँ न कहीँ अलमलिएको छ । प्रतिपक्षलाई यसरी अलमलिने छुट हुँदैन ।

जनताले प्रतिपक्षका गतिविधि वाच गर्छन् । प्रतिपक्षले वाचडगका रूपमा काम गरेन भने जनताले कसको भर पर्ने । प्रतिपक्षका आजका काम कारवाहीले जनताको भोलिको सरकारमा पठाउने हुन । सरकारलेझैँ उपरखुट्टी हालेर प्रतिपक्षले बस्न मिल्छ ? यसले त जनताको समस्यालाई सम्बोधनका लागि सरकारसँग जुहारीको खेल्नुपर्छ ।

पार्टीमा प्रभुत्व जमाउन युवा नेताहरूको विभिन्न भेला गर्नुहुन्छ तर देश र जनताका लागि रणनीति बनाउनुभएको देखिएन नि ?
केन्द्रीय कार्यसमितिमा भ्रष्टाचार नियन्त्रणका लागि एउटा अभियान नै चलाउनुपर्छ भनेका छौँ । युवा नेताहरू वा हाम्रो विचार समूहले यो विषयमा एउटा धारणा बनाएको छ । सिङ्गो पार्टीले यो अभियानलाई साथ दिएमा लिएर जाने चाहेका छौँ । नेतृत्वले सक्रियाता देखाएन भने हामीले नयाँ तरिकाले अगाडि बढ्ने पनि सोच बनाएका छाँै । देशलाई समृद्ध बनाउन भ्रष्टाचार नियन्त्रणको विकल्प नदेखेर पछिल्लो समय बसेको हाम्रो विचार समूहले यो निष्कर्ष निकालेको छ ।

अहिले महासमिति बैठकमा केन्द्रित हुनुपर्ने अवस्था आएको छ । महासमिति बैठकपछि हाम्रो विचार समूहले जनजीविकालाई यो अवस्थाबाट माथि उठाउन कार्यक्रम लिएर आउँछौँ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

  • २

    बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

  • ३

    धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

  • ४

    फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

  • ५

    चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

  • ६

    घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

  • ७

    मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

  • ८

    धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

  • ९

    मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

  • १०

    सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

  • ११

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • १२

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • १३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • १४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • १५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

  • १

    मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

  • २

    सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

  • ३

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • ४

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • ५

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • ६

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • ७

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

  • ८

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑