• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Mon, 08, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

२४ मंसिर २०७५, सोमबार ०८:४२

रेडियो बिहानी संवाददाता

काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटारबाट बाहिरिए । उनीहरूको आक्रोश थियो–प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले समयमा बैठक सुचारु गरेनन् ।

पार्टी बैठक छाडेर ओली अन्य भेटघाटमा लागेको चार नेताको आरोप थियो । महासचिव विष्णु पौडेलका अनुसार अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो भएको थियो । पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा छलफल गर्ने कार्यसूची थियो । चार नेता निस्केपछि नौ सदस्य रहेको सचिवालयमा पाँच जना नेताको मात्रै बैठक बस्यो । बैठकले मङ्सिर २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गर्यो ।

पार्टी बैठक बहिष्कार गरेको अर्को दिन आइतबार नेता खनालले एक कार्यक्रममा समयबारे बोलेका थिए । ‘कहिलेकाहीँ ३ बजे भनेर बोलाइन्छ, ६ बजे सुरु हुन्छ । आज पनि यस्तै हो कि भनेर हामी हिँड्यौं । तहल्का मच्चियो ।’ जब कि बैठक बहिष्कारपछि रातोपाटीसँगको कुराकानीमा नेता गौतमको प्रतिक्रिया पनि अध्यक्षले समयको पालना नगरेको बताएका छन् । ‘यसअघि पनि बैठक बोलाएर सधैँ एक–दुई घण्टा ढिलाइ गर्ने गरिन्थ्यो । आज पनि त्यस्तै स्थिति देखिपछि हामीले यसरी नबसौँ भन्ने निर्णय गर्यौं ।’ नेता गौतमले भने, ‘हामी निस्केपछि सामान्य बहुमतको कोरम पुर्याएर निर्णय गरिएको छ । यसले कोरम पुग्यो भने बैठक बस्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । अब एक जना अध्यक्षको उपस्थितिमा समयमै बैठक सञ्चालन गर्नुपर्छ ।

प्रसङ्ग २– प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले समयलाई ध्यान नदिएको विषयमा पार्टीका चार जना शीर्ष नेताले बैठक बहिष्कार गरेपछि यसले नेकपामा मात्रै होइन, सबै क्षेत्रमा ठूलै चासो जगाएको थियो । पार्टी नेताले बैठक बहिष्कार गरेको २४ घण्टा नवित्दै प्रधानमन्त्री ओलीले समयलाई ख्याल नदिएको अर्को घटना बाहिर आयो । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री, सम्बन्धित प्रदेशका मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा सङ्घीय सरकारका अन्य मन्त्री पनि आमन्त्रित रहने व्यवस्था छ । देशका सबै शक्तिशाली व्यक्ति सहभागी हुने बैठक भएकाले बैठकको हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ नै । तर बिहान बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली डेढ घण्टा ढिला पुगे । बैठक सुरु गरेर प्रधानमन्त्री फेरि बाहिर निस्किए । खाना खान निस्केका प्रधानमन्त्री डेढ घण्टापछि मात्रै फर्के ।

संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्न लामो समयदेखि यो परिषद्को बैठक माग गरिएको थियो । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले केन्द्र सरकारसँग बसेर किनारा लगाउनुपर्ने विषयमा ध्यान नदिएको गुनासो गर्दै आएका थिए । यस्तो महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री ओलीले समय व्यवस्थापनमा ध्यान नदिएपछि बैठकका सहभागीबीच अनौपचारिक कुराकानी भयो, ‘पार्टी नेता समयै विषयमा बैठक बहिष्कार गरे । त्यसबाट पनि प्रधानमन्त्रीले पाठ सिक्नु भएनछ । यति महत्त्वपूण बैठकलाई पनि बेवास्ता गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा जोखिम संवेदनशील भु-उपयोग योजना तयारी सम्बन्धी प्रारम्भिक छलफल

नारी जागरण केन्द्रको २२ औं स्थापना दिवसको अवसरमा २९ जनाले गरे रक्तदान

सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

गजुरीमा कर भ्याट तथा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन

धादिङको पात्लेमा समन्वय कप फुटबल प्रतियोगिता सुरु

७५ वर्षीय वृद्धाको हत्या गर्ने ५ जना फरार अभियुक्त पक्राउ

धादिङमा सहिद सप्ताहको अवसरमा जनयुद्धका सहित तथा बेपत्ता परिवार सम्मान

५६ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा नीलकण्ठ मा.वि मा वृहत खुल्ला सरसफाई

संस्कृत मावि तान्द्राङ गोरखामा गण्डकी समाज सभ्य समाज हामी सचेत छौँ अभियान सुभारम्भ

धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा जोखिम संवेदनशील भु-उपयोग योजना तयारी सम्बन्धी प्रारम्भिक छलफल

  • २

    नारी जागरण केन्द्रको २२ औं स्थापना दिवसको अवसरमा २९ जनाले गरे रक्तदान

  • ३

    सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

  • ४

    गजुरीमा कर भ्याट तथा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन

  • ५

    धादिङको पात्लेमा समन्वय कप फुटबल प्रतियोगिता सुरु

  • ६

    ७५ वर्षीय वृद्धाको हत्या गर्ने ५ जना फरार अभियुक्त पक्राउ

  • ७

    धादिङमा सहिद सप्ताहको अवसरमा जनयुद्धका सहित तथा बेपत्ता परिवार सम्मान

  • ८

    ५६ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा नीलकण्ठ मा.वि मा वृहत खुल्ला सरसफाई

  • ९

    संस्कृत मावि तान्द्राङ गोरखामा गण्डकी समाज सभ्य समाज हामी सचेत छौँ अभियान सुभारम्भ

  • १०

    धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

  • ११

    डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

  • १२

    बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

  • १३

    धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

  • १४

    फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

  • १५

    चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

    घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

  • हाम्रो समाज
    थप

    सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

    धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑