समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना,७ वटा दल राष्ट्रियपार्टी बने
१८ मंसिर २०७९, आईतवार १०:२४
रेडियो बिहानी संवाददाता
धादिङ १८ मंसिर
प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ ।
यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको तीन प्रतिशत मत ल्याउनैपर्छ । नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
आज बैशाख १२ : विनाशकारी भूकम्पको ९ वर्ष पूरा
काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
रोयम नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न
पृथ्वी दिवसको अवसरमा न्यु किबोका विद्यार्थीहरुद्धारा पशुपति मन्दिर परिसरमा सरसफाई
मङ्गलबार सार्वजनिक बिदा
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस,समृद्ध नेपालको परीकल्पना
कम्युनिष्टहरूको पुनः एकता हुनसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी
निशुल्क शिक्षा नितिको स्वागतमा अखिल क्रान्तिकारी नीलकण्ठ नगरसमितिद्वारा विज्ञप्ति जारी
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम,सतर्कता अपनाउन आग्रह
मनास्लु हिमालमा हिमपहिरो, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन जि.प्र.का धादिङको अनुरोध
जि.प्र.का धादिङद्धारा सेवाग्राहीहरुलाई घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
प्रतिक्रिया दिनुहोस