• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 28, May, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

यस्तो छ पानीजहाज ल्याउने कार्यतालिका

फागुन ३ गते पानीजहाज कार्यालय स्थापना गरिने
२५ माघ २०७५, शुक्रबार ०६:५७

रेडियो बिहानी संवाददाता

काठमाडौँ । तत्काल पानीजहाज सञ्चालनमा नआउने भए पनि सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज दर्ता कार्यालय भने सञ्चालनमा ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना गरिन लागेको हो । ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ खोजिरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले रातोपाटीलाई जानकारी दिए । कार्यालयमा विभिन्न तहका १६ कर्मचारी रहनेछन् भने फस्ट क्लास मेकानिकल इन्जिनियरको नेतृत्व रहनेछ । पानीजहाज दर्ता कार्यालयको प्रमुखलाई रजिस्टार पद दिइएको अधिकारीले जानकारी दिए । कार्यालय स्थापना भएसँगै पानीजहाज दर्ता तथा सञ्चालनका लागि काम गर्नेछ । हालै मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको छ । अहिले पानीजहाज कार्यालय स्थापना गरे पनि २०७७ चैत मसान्तसम्म कार्यदल बनाएर नेपाल जलयातायात प्राधिकरण स्थापना गर्ने, जलयातायात प्राधिकरण ऐन र नियमावली तर्जुमा गर्ने कार्ययोजना बनाइको छ । यस्तो छ पानीजहाज ल्याउने कार्ययोजना सरकारले माघ २५ गतेसम्म पानीजहाजको कार्यालय स्थापना र रजिस्टारको नियुक्ति गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने कार्ययोजना बनाएको छ । तर अहिलेसम्म रजिस्टारको नियुक्ति भने नभएको मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए । यस्तै पानीजहाज कार्यालय खुलेको १५ दिनभित्र पानीजहाज दर्ताका लागि सूचना प्रकाशन गर्ने कार्ययोजना रहेको छ । तेस्रो कार्ययोजना चैतबाट नेपाल भारतबीच विद्यमान पारवहान सन्धि १९९९ लाई नेपालको झण्डाबाहक पानीजहाज सञ्चालन र आन्तरिक जलयातायातमार्फत हुने ढुवानी अनुकूल हुनेगरी संशोधन गर्न वा जलयातायात परिवहनसम्बन्धी छुट्टै सम्झौता गर्न भारतीय पक्षसँग वार्ता सुरु गर्ने रहेको छ । यो काममा लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । वैशाखमा भारतले साहिवगन्ज मल्टिमोडल टर्मिनल निर्माण सम्पन्न गर्ने कार्यक्रम रहेको र साहिवगन्जदेखि विराटनगर जम्मा १ सय ५० किलोमिटर मात्र दूरी रहेको सन्दर्भमा सो टर्मिनल उपयोगका लागि आवश्यक तयारी गर्ने अर्को कार्ययोजना रहेको छ । यसअन्तर्गत जेठसम्म भारतसँग पारवहन सन्धि पुनरावलोकन गरी साहिवगन्ज टर्मिनल उपयोगका लागि प्रवन्ध गर्ने, पानी जहाजको हल्दिया–साहिवगन्ज आवतजावत गर्न सकिनेसमेतको दर्ता तथा लाइसेन्स उपलब्ध गराउने, साहिवगन्जमा नेपालको वेयर हाउस सञ्चालन गर्न सकिने विषयको सुविधा भारतीय पक्षसँग प्राप्त गर्ने कार्ययोजना रहेको छ । यस्तै २०७६ मङ्सिरसम्ममा भारतले कालुघाट पटना टर्मिनल निर्माण गर्दैछ । कालुघाटदेखि वीरगन्जसम्म जम्मा १ सय ८० किलोमिटर मात्र दूरी रहेको सन्दर्भमा सो टर्मिनल उपयोग गर्ने भारतसँगको पारवहन सन्धि पुनरावलोकन गरी कालुघाट टर्मिनल उपयोग गर्न सकिने प्रवन्ध गर्ने कार्ययोजना छ । पानीजहाजको हल्दिया–कालुघाट आवतजावत गर्न सकिनेसमेतको दर्ता तथा लाइसेन्स उपलब्ध गराउने, कालुघाटमा नेपालको वेयर हाउस सञ्चालन गर्न सकिने विषयको सुविधा भारतीय पक्षसँग प्राप्त गर्ने योजना छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै २०७६ असार मसान्तसम्म प्राविधिक टोलीले नेपालतर्फको गण्डकी र कोसी ब्यारेज र उत्तरतर्फको नेभिगेसनका लागि पूर्वसम्भाव्यता, सम्भाव्यता र विस्तृत परियोजनाको प्राविधिक अध्ययन गर्ने योजना छ । यसका लागि अर्थ मन्त्रालयले स्रोत उपलब्धताका लागि भारत सरकार, विश्वबैङ्क वा अन्य दातृनिकायसँग समन्वय गर्ने भनिएको छ । चैत मसान्तसम्म नेपालतर्फ निर्माण हुने टर्मिनलहरूमा आवश्यक वेयर हाउस निर्माण गर्न स्थान पहिचानका लागि स्थलगत अध्ययन गर्ने योजना छ । यस्तै फागुन ७ सम्म भारतको साहिवगन्जदेखि विराटनगर र कालुघाटदेखि वीरगञ्ज जोड्ने भारतीय सडक तथा रेल्वे लाइनको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने, फागुन मसान्तसम्म भारतीय टेक्निकल स्कोपिङ मिसनसँगै नेपाली प्राविधिक टोलीले नेपालतर्फको गण्डकी र कोसी ब्यारेज र उत्तरतर्फको नेभिगेसनका लागि संयुक्त अध्ययन गर्ने अर्को कार्ययोजना रहेको छ । जलमार्गमार्फत ढुवानी हुने कार्गो मुभमेन्टको पूर्वसम्भाव्यता अध्ययनका लागि विश्वबैङ्कलाई अर्थ मन्त्रालयमार्फत अनुरोध गर्ने योजना छ । यस्तै आउँदो वैशाखमा पानीजहाज दर्ता ऐन, २०२७ नेपालको व्यापारिक पानीजहाजको झण्डासम्बन्धी ऐन, २०२७, नेपाल पानीजहाज प्रमाणपत्र र रोजनामचा ऐन, २०२७ लाई समसामयिक बनाउन एकीकृत गर्ने र संशोधन र परिमार्जन गर्ने निक्र्यौल गरी सङ्घीय संसद समक्ष पेश गर्ने योजना छ । २०७६ चैत मसान्तसम्म नेपाली पानीजहाज दर्ता नियमावली, २०२८ का व्यवस्थाहरू तत्काल पानीजहाज सञ्चालनका लागि पर्याप्त भए नभएको विषयमा अध्ययन गरी आवश्यक संशोधन गर्ने, भारतीय पक्षसँग समन्वय गरी आवश्यक भौतिक संरचना निर्माण मल्टिमोडल पोर्ट निर्माण, भन्सार, अध्यागमन, पुलिसचौकी आदि एकीकृत राष्ट्रिय यातायात नीतिअन्तर्गत एकीकृत रूपमा संरचना निर्माण कार्य अगाडि बढाउने अर्को योजना छ ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

  • २

    राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • ३

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

  • ४

    युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

  • ५

    पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

  • ६

    अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

  • ७

    बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

  • ८

    नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

  • ९

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • १०

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ११

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • १२

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • १३

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • १४

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • १५

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • १

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • २

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ३

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • ४

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • ५

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • ६

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • ७

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • ८

    धादिङको कान्छो पालिका प्रमुख र उप–प्रमुख माओवादी केन्द्रबाट विजयी

  • हाम्रो समाज
    थप

    त्रिपुरासुन्दरी–६ मा हरि वि क र ७ मा सुवास अधिकारी विजयी

    त्रिपुरासुन्दरी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उप्रेती र उपाध्यक्षमा धरेल विजयी

    गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा विजयी

    धादिङको गल्छी २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी ।

    गायक तथा सर्जक लालकाजी श्रेष्ठको ‘चमत्कार’ गीत सार्वजनिक

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    आज धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द रहने

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑