धादिङ १२ फाल्गुण
नागरिक समाजको तर्फबाट बिहिबार भैरवी माध्यमिक विद्यालय नीलकण्ठ–६ सुनौलाबजारको अनुगमन गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको समन्वयमा जिल्लाका नागरिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको टोलीले विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कोभिडकका कारण विद्यालयको शैक्षिक गुणस्तर विकास र प्रशासनिक व्यवस्थापनमा समस्या देखा परेको पाइएको छ ।
कोभिडका कारण नियमित विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको, विद्यालयले तयार गर्ने वार्षिक कार्यक्रमहरु निर्माण र सञ्चालन गर्न नसकेको, विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्ने खालका रचनात्मक कार्यक्रम सञ्चालन गर्न नसकिएको, विद्यालयको सामाजिक परीक्षण तथा लेखा परीक्षण गर्न नसकिएको जस्ता समस्या र जटिलता फेला परेको हो ।
अनुगमनका क्रममा नागरिक समाजसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुले विद्यालयको भौतिक संरचना निर्माणकै क्रममा रहेता पनि अन्य विषयहरुमा ध्यान दिदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा लाग्न सुझाव दिएका थिए साथै फरक क्षमता भएका विद्यार्थीको पहिचान गर्दै विद्यालयलाई अपांगमैत्री बनाउन पनि सुझाव दिएका थिए ।
अनुगमनमा नागरिक संस्थाको तर्फबाट धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, सामुदायिक विद्यालय व्यवस्थापन समित महासंघ धादिङका अध्यक्ष श्याम मगराती, अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उप–मन्त्री नारायण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका कोषाध्यक्ष एवं रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, डेक नेपाल धादिङका संयोजक शेर बहादुर भण्डारी लगायत रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस