साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक १५ दशमलव ७१ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक दुई हजार आठ सय एकाउन्न दशलमव अठासी विन्दुमा बढेको हो । यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल पूर्वाधार बैंकको शेयरमूल्य ७ दशमलव शून्य ९२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ४१०.१० पुगेको हो र धेरै लेनदेन पनि नेपाल पूर्वाधार बैंकको भएको छ ।
त्यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ दशमलव ५७ प्रतिशतले घटेर रू.६८८ मा कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस