धादिङ ०७ पौष
इसाई धर्म तथा ख्रीस्टियनहरुको महान पर्व ख्रीस्टमस पर्वको अवसरमा बुधबार धादिङमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । धादिङ जिल्ला भरिका चर्चहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा रहेकोे थियो ।
कार्यक्रममा बोल्दै मन्त्री ढकालले जनयुद्ध र जनआन्दोलनको उपलब्धीमध्ये धर्मनिरपेक्षता पनि एक रहेको र सबै धर्मलाई आफूले समान रुपले हेर्ने गरेको बताउनुभएको थियो ।
मन्त्री ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्र धादिङका सह–इन्चार्ज राम बहादुर भण्डरिको विशेष आतिथ्यता रहेको थियो भने नेकपा समाजवादीका नेता गुरु बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डरी, नेपाल ख्रिस्टियन महासङ्घका केन्द्रीय अध्यक्ष सिपि गहतराज लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस