धादिङ ०८ मङ्सिर
नेपाली काङ्ग्रेस धादिङको प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट राकेश धमला भारी मतान्तरका साथ विजयी भएका छन ।
हिजो भएको निर्वाचनमा धमला निकटतम प्रतिद्वन्दी दिपक कोइरालालाई पछि पार्दै विजयी भएका हुन् । रामनाथ अधिकारी समुहका धमालाले ६५० मत ल्याउदा उनका निकटम प्रतिद्वन्दी दिपक कोइरालाले ५८० मत प्राप्त गरेको काङ्ग्रेस सम्बद्ध स्रोतले जानकारी दिएको छ । निर्वाचन समितिबाट आधिकारिक घोषणा भने हुन बाकी रहेको छ ।
यस अघि आज बिहान सार्वजनिक मत परिणाम अनुसार प्रदेश निर्वाचन क्षेत्र नम्बर २ क मा अधिकारी समुहका होम गुरुङ र २ ख मा ढुंगाना समुहका रण बहादुर तामाङ विजयी भएका थिए ।
यस्तै सङीय निर्वाचन क्षेत्र नम्बर एकमा अधिकारी समुहको प्यानल नै विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस